...र आत्मालोचना गर्नुपर्छ

पाेखरा | भदौ ३०, २०८२

...र आत्मालोचना गर्नुपर्छ

शिवकुमार आले मगर, तनहुँ ।

 

हामी सबै नेपाली राजनीतिक दल र दलका कार्यकर्ताले समिक्षा गर्नुपर्छ ।

 

आत्मालोचित हुनुपर्छ किनभने, देशका प्रमुख राजनीतिक दलहरूले कम्तिमा दलजस्तो बन्ने प्रयास गरेको भए आजको यो अवस्था आउने थिएन ।

 

निजी कम्पनीझैँ विचार र सिद्धान्तका चर्का आदर्शवादी कुरा गर्ने तर जनताको जीवनशैली र आफ्नै जीवनशैलीसँग कतै मेल खान नसक्ने प्रवृत्तिले जनतामा भएको धैर्यता, साथ, आशा र भरोसा तुहियो ।

 

“म झोले हुँ” भन्ने जस्ता अनावश्यक  (ट्रेण्ड) ले झन् निराशामा बाँचिरहेका आम नेपालीहरूमा आवेश र क्रोध सिर्जना गर्यो । कुनै नेता वा कार्यकर्ताले यो गलत हो भन्न सकेनन् । एकाध हामी जस्ता भुइँमान्छेले बोले पनि “टिकट नपाएको कुण्ठा” हो भनेर बेवास्ता गरियो  ।

 

चर्को भाषणबाजी कम गरी प्रत्यक्ष जनताको दैनिकीसँग सरोकार राखेका कुराहरू समाधान गर्न कोसिस गरौँ भन्ने कुरा हाम्रा लागि पाच्य भएन । नेताहरूलाई मञ्चहरूमा खादामाला लगाइदिँदैमा जनताको निराशा बुझ्ने फुर्सद नै भएन ।​

कुलमान घिसिङ प्रकरण, इम्बोष्ट नम्बर हुँदै एमालेको विधान सम्मेलनमा एकतर्फी पद कब्जा गर्ने कार्यमा नेताकार्यकर्ताले साथ दिँदा आम नेपालीमा ठूलो निराशा पैदा भएको हेक्का हुन्छ ।

 

यति हुँदाहुँदै देशमा सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा जायज थियो । तर, विकल्प नखोजीकन एक्कासी निष्कृय गर्दा सरकारले आम नागरिक र नेपालीहरूको समर्थन गुमायो । परिणाम आज हामी सबैले देखिरहेका छौँ, भोगिरहेका छौं ।

 

अहिले देश विषम परिस्थितिमा छ । अरूलाई दोष लगाएर सरकारको नेतृत्व गरिरहेको पार्टी वा सोही दलका कार्यकर्ता जवाफदेहीताबाट भाग्ने छुट छैन । “हाम्रो पनि कमजोरी हो” भन्ने आत्मालोचना गर्न सक्नैपर्छ ।
 

जेनजी आन्दोलन हाँसो र मजाकको विषय होइन । यो आन्दोलन नेपालको इतिहासमा जनताको आवाज “प्रमाणु बम” जसरी विस्फोट भई राजनीतिक दलसँग हाम्रो भविष्य खै? भन्ने प्रश्नसहित पारदर्शी, सुशासन, जनताप्रति उत्तरदायी सरकार र नेतृत्वको माग प्रमुख रूपमा उठाइएको छ । जुन माग अघिल्लो पुस्ताले कहिल्यै गर्न सकेन भन्दा फरक नपर्ला ।

 

जेनजी आन्दोलनमा घुसपैठ भएको कुरा अस्वीकार गर्न सकिँदैन । तर, अहिलेको अवस्थामा देश खरानी भएको दोष जेनजीलाई मात्र लगाएर राजनीतिक रूपमा खिचडी पकाउने काम कुनै दल वा दलका कार्यकर्ताले गर्नुहुँदैन । यसको श्रेय अपाच्य तवरले ठुला कहलिएका दलले लिनैपर्छ । 

 

जे नहुनु पर्ने थियो, भइसकेको छ । अब सुझबुझका साथ आम नेपाली र दशकौँ वर्षको बलिदानीबाट प्राप्त संविधान र व्यवस्थालाई अझ सुधार्दै समस्याको समाधानमा ऐक्यबद्ध भएर अघि बढ्नु बाहेक विकल्प छैन ।

 

यदि त्यसो हुन सकेन भने न राजनीतिक पार्टी रहनेछ, न देश रहनेछ, न हाम्रो पहिचान र अस्तित्व । त्यसैले सबैले संकल्प र प्रण गरौँ—देशलाई सकेसम्म छिट्टै यो अवस्थाबाट मुक्त गरौं ।
 

जेनजीहरूको मुद्दा, माग र आवाजहरूलाई सम्बोधन गर्ने पहल गरौँ । देशको भविष्य यतिबेला गाभाको पानी जस्तै भएको छ । मुलुक विषम परिस्थितिमा भएको बेला राजनितिक स्वार्थको रोटी सेक्ने काम गरेर देश बर्वाद बनाउने काम कुनै दल र नेता कार्यकर्ताले गर्नुहुुदैन ।

 

सहभागिता, सहमति, सहकार्य र एकताविना देशमा दिगो शान्ति र स्थायित्व सम्भव छैन  । त्यसैले आत्मालोचना गर्नुपर्छ ।

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छ...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्